नातीले चलाएको मोटरसाईकलको ठक्करबाट हजुरआमाको मृत्यु, स्कुटर दुर्घटनामा आमाको मृत्यु, छोरा घाईते

सर्लाही– सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१, भेडियाहीमा नातिले चलाएको भारती नम्वरको मोटरसाइकलले ठक्कर दिँदा हजुरआमाको मृत्यु भएको छ।

गएराति करिव ८ बजे २४ वर्षीय लालकिशोर मण्डलले चलाएको बीआर ३० के ६६८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ६५ वर्षीया मलकिनया देवी घाईते भएकी थिईन। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भनाई गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। लालकिशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी मृतकका आफ्नै भतिजका छोरा हुन्।

यसैगरी, सर्लाहीकै ईश्वरपुर नगरपालिका–४ सागरनाथमा आज बिहान पौने ११ बजे बा ५४ प ६३०७ नम्वरको स्कुटर दुर्घटनामा परी आमाको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।

दुर्घटनामा सागरनाथकै ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको छ। उनका ११ वर्षीय छोरा श्रवण गम्भीर घाइते छन्। घाइते बालकलाई उपचारको लागि मोडेल अस्पताल लालबन्दी लगिएको छ।

डीएसपी दीपक श्रेष्ठका अनुसार घुम्ती सडकमा स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको हो। तीव्र गतिको स्कुटर सडक किनारामा पार्किङ गरेर राखिएको टायरगाढामा ठोक्किएको प्रत्यक्षदर्शीहरुले बताएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट