फेसवुके प्रेमीको पैसामा रमाईलो गर्दा प्रहरी हिरासतमा पुगिन अनु

काठमाडौं– फेसबुक मार्फत चिनजान हुँदै एक युवकको प्रेममा परेकी काठमाडौंकी ३० वर्षीय एक युवती प्रेमीलाई विश्वास गरेकै कारण प्रहरी हिरासतमा पुगेकी छिन्। ठगी आरोपमा अनु श्रेष्ठ नामकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ।

अनु फेसबुकमार्फत चिनजान भएका एक युवकसँग प्रमेमा परेकी थिईन। उनले नै अनुलाई विभिन्न बैंकमा बैंक खाता खोल्न लगाएका थिए। ती खातामध्ये एउटा खाता उनका प्रेमी आफैँ चलाउँथे। बैंक खातामा पैसा आउने र जाने क्रम चलिरहन्थ्यो।

उनले अनुलाई आवश्यक पर्ने पैसा निकालेर चलाउन भन्थे र बाँकी पैसा आफुले चलाउने खातामा हालिदिन भन्थे। अनुले पनि त्यसै गर्थिन। यो क्रम चलिरहेकै वेला प्रहरीले अनुलाई पक्राउ गर्यो। वुझदै जाँदा उनको खातामा जम्मा भएको रकम ठगीको रहेको खुलेको छ।

प्रहरीका अनुसार उनका प्रेमी भनिएका युवकले फेसबुक र ह्वाट्सएप लगायतका सामाजिक सञ्जालको दुरुपयोग गरी सर्वसाधारणलाई ठगी गर्ने गरेका थिए। उनले विभिन्न ब्यक्तिलाई सम्पर्क गरी विदेशबाट आईफोन, घडी, लेडिज ब्याग, सुनका गरगहना, र डलरसहितको लगेज कुरियरमार्फत पठाएको छु भन्थे।

समान पाउनका लागि कस्टम चार्ज, एन्टी मनी लाउन्ड्रिङमा चार्ज लाग्छ भन्दै त्यस वापतको पैसा बैंक खातामा जम्मा गर्न लगाउँथे। त्यही पैसा अनुको खातामा जम्मा हुन्थ्यो। तर, पैसा पठाएर पनि सामान हात नलागेपछि ठगीमा परेकाहरुले प्रहरी गुहार्न थाले। ती युवकको झुटको पर्दाफास हुन थाल्यो।

केही पीडीतहरुले प्रहरीमा उजुरी पनि गरे। प्रहरीले रकम जम्मा गरेको बैंकको खाता नम्वर लिएर बैंकमा विवरण माग गर्यो । विवरण माग गर्दा रकम जम्मा हुने खाता अनुको नाममा देखिएपछि उनी पक्राउ परेकी हुन।

तर, अनुले यी घटनामा आफ्नो संग्लनता नरहेको दाबी गरेकी छिन्। प्रेमीले भनेकै आधारमा खाता खोलेर त्यसको पहुँच दिँदा आफु फसेको उनको दाबी छ। अनुका प्रेमी भनिएका युवक भने फरार छन्। प्रहरीले उनको खोजी गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट