टी–२० विश्वकप खेल्ने राष्ट्रिय टीमको बिदाइ कार्यक्रममा कसरी पुगे सन्दीप लामिछाने ?

काठमाडौं– टी–२० विश्वकप खेल्ने राष्ट्रिय टीमको बिदाइ कार्यक्रममा वलात्कारको कसुरमा अदालतले दोषी ठहर्याएका क्रिकटर सन्दीप लामिछाने सहकागी भएको विषय अहिले चर्चाको विषय भईरहेको छ। लामिछाने सबैलाई आश्चर्यमा पार्दै कार्यक्रममा उपस्थित भएका थिए।

सोल्टी होटलमा आयोजित विदाई कार्यक्रममा अचानक सन्दीपलाई देख्दा खेलाडीहरु आश्चर्यमा परेका थिए। सन्दीपले सुरुमै पारस र प्रशिक्षक मोन्टी देसाईलाई भेटेर अंकमाल गरेका थिए भने त्यसपछि पालैपालो अन्य खेलाडीलाई पनि भेटेका थिए।

यतिात्रै होईन, कार्यक्रमस्थलमा उपस्थित वेस्ट इन्डिजका खेलाडीहरुसँग पनि उनले भेटे । वेस्ट इन्डिजका खेलाडीहरु उनलाई भेट्दा खुसी भएका थिए। उसो त केही दिनअघिको म्याचमा वेस्ट इन्डिजका अलराउन्डर किमो पलले मैदानमै ‘सन्दीप कहाँ छन् ?’ भन्दै जिज्ञासा राखेका थिए।

जानकारी अनुसार सन्दीपलाई विदाइ कार्यक्रममा क्यानले नै लिखित निमन्त्रणा पठाएको थियो। जिल्ला अदालतले दोषि ठहर गरेपछि सन्दीपलाई क्यानले निलम्बनमा राखेको छ। उनले उच्च अदालतमा पुनरावेदन गरेका छन्।

मुद्दाको फैसला समयमा नहुँदा सन्दीप क्रिकेटमा फर्किन पाएका छैनन्। उनको अर्को पेसी आइतबारका लागि तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट