वलिउड अभिनेत्री प्रियंकाका पति निक जोनसलाई खतरनाक भाईरसको संक्रमण

काठमाडौं– वलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाका पति अमेरिकी गायक निक जोनस खतरनाक भाईरस इन्फ्लुएन्जा ए को शिकार भएका छन्।

आफ्नो म्यूजिकल कन्सर्टका कारण चर्चामा आईरहने उनले आफनो स्वास्थ्य समस्याका कारण केही कन्सर्ट सारेका छन्। निकले भिडियो सन्देश जारी गर्दै दर्शक श्रोतासँग माफी मागेका छन्। उनले आफूलाई खतरनाक भाइरसको संक्रमण भएको खुलाएका छन्।

इन्स्टाग्राममामा राखिएको भीडीओमा उनले फ्यानलाई कन्सर्ट सार्नु पर्दा माफी मागेका हुन्। भिडियोमा जोनस ब्रदर्सको कन्सर्ट टुर सार्नुपर्ने कारण पनि खुलाएका छन्। उनले आफूलाई इन्फ्लुएन्जा ए भाइरसले समातेको बताएका छन्।

‘मसँग तपाईंहरुलाई सुनाउनुपर्ने एउटा खबर छ, जुन खबर राम्रो छैन। तर बताउन आवश्यक छ। केही दिन अघि मलाई केही अनौठो अनुभव भयो। जब म बिउँझिएँ, मेरो स्वर निस्किएन। त्यो राती म कन्सर्टको लागि अभ्यास गरिरहेको थिएँ। पछिल्लो दुई दिन यता मेरो अवस्था विस्तारै विस्तारै खराब हुँदै गएको छ। म हिजो दिनभरी ओछ्यानै रहें। ज्वरो, शरीरमा दुखाई, गलामा खराबी र धेरै खोकी छ’, भिडियो सन्देशमा निकले भनेका छन्।

कन्सर्ट भन्दा अगाडि आफु ठिक हुन जुरुरी भएको उनले वताएका छन्। ‘मलाई ठीक हुन आवश्यक छ। मलाई तपाईंहरुलाई निराश बनाउँदा दुःख लागेको छ। तपाईं हामीलाई साथ दिनका लागि धेरै गर्नुहुन्छ। तपाईंहरुमध्ये धेरै शोमा सहभागी हुन यात्रा गरिसक्नुभएको होला। म यो कुरा भन्न चाहन्छु कि म यो कुराबाट दुःखी छु। म चाँडै ठीक हुने कोशिस गर्दैछु।’– उनले भनेका छन्।

भिडियोको क्याप्सनमा निकले लेखेका छन्– ‘हेल्लो साथीहरू, मलाई एन्फ्लूएन्जा–ए को खतरनाक स्ट्रेन भएको छ। जुन चारैतिर फैलिएको छ। म यो समय कुनै पनि कन्सर्टमा गाउन सक्दिनँ। मैले यसका लागि मेक्सिको कन्सर्टको मिति सारेको छु। अब यो शो अगष्टमा हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट