०७२ सालमै परिवार नियोजन गरेको दाबी गरेका महेश बस्नेतको बलात्कार मुद्दा ब्यूँतियो

काठमाडौं– नेकपा एमालेका चर्चित नेता महेश बस्नेतविरुद्धको बलात्कार मुद्दा फेरी ब्यूतिएको छ। वस्नेत विरुद्ध परेको जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो।

यो निर्णय विरुद्ध उच्च अदालत पाटनले वकिल कार्यालयसँग लिखित जवाफ मागेको छ। उच्च अदालत पाटनका न्यायाधीश हेमन्त रावलको इजलासले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँसँग लिखित जवाफ माग्ने आदेश गरेको हो।

अदालतले १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटन मार्फत सबुद प्रमाणसहित लिखित जवाफ पेस गर्न भनेको छ। पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध ३१ वर्षीया युवतीले जिल्ला प्रहरी परिसर काठमाडौँमा हुलाक मार्फत उजुरी दिएकी थिईन।

उक्त जाहेरी जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले तामेलीमा राख्ने निर्णय गरेको थियो। ४ वैशाखमा वकिल कार्यालयले प्रमाण पुगेका बखत मुद्दा चल्ने गरी सिफारिस गरेको काठमाडौँ प्रहरीको रायलाई सदर गरेको हो।

बस्नेतले भने ०७२ सालमै परिवार नियोजन गरेको बताउँदै भ्रुण हत्या र बलात्कार दुवै अस्विकार गर्दै आएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट