किर्तिपुरमा दुई समुहबीच ग्याङ फाईट, खुकुरी प्रहारबाट एक जना घाईते
काठमाडौं– कीर्तिपुरमा दुई समुहबीच ग्याङ फाइट भएको हुँदा खुकुरीले लागेर १ जना घाइते भएका छन्। किर्तिपुर नगरपालिका–१० नयाँबजारमा तपेन्द्रराज खाती र धनेश्वर खड्काको समूहबीच खुकुरी हानाहान भएको हो।
घट्नामा कैलालीको घोडाघोडी नगरपालिका–१० घर भएका तपेन्द्रराज खातीले प्रहार गरेको खुकुरीले लागेर कीर्तिपुर नगरपालिका–१० चिट्टाबिहार घर भएका २४ वर्षीय साजिस श्रेष्ठ घाईते भएका छन्। श्रेष्ठको बाँया हातमा पूर्ण क्षति पुगेको बताइएको छ।
खुकुरी हानाहानमा संलग्न ९ जना पक्राउ परेका छन्। अछामको बिरपद गाउँपालिका–१ घर भई कीर्तिपुर बस्दै आएका २७ वर्षीय मोहन खड्का, अछाम कमलबजार–१ घर भइ गट्ठाघर बस्दै आएका २१ वर्षीय धु्रवबहादुर विष्ट, बझाङको दुर्गाथली गाउँपालिका–७ घर भइ पुतलीसडक बस्दै आएका २० वर्षीय उपेन्द्र सिंह, बझाङको खप्तड गाउँपालिका–५ घर भइ मैतीदेवी बस्दै आएका २१ वर्षीय सुदिप गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
यसैगरी अछामको रामारोशन गाउँपालिका–७ घर भइ रातोपुल बस्दै आएका २३ वर्षीय नवीन भनिने नृप भण्डारी, बैतडीको पुरचौडी नगरपालिका–१ घर भएका २७ वर्षीय जयन्त धानुक, कैलालीको गैरीगंगा नगरपालिका–५ घर भइ नयाँ बानेश्वर बस्ने २० वर्षीय तेज थापा, गैरीगंगा–९ घर भइ च्यासल बस्ने २२ वर्षीय तपेन्दराज्र खाती र बझाङको थलगा गाउँपालिका घर भइ बानेश्वर बस्दै आएका २१ वर्षीय सुनिल रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
पक्राउ परेकाहरुको साथबाट प्रहरीले खुकुरी बरामद भएको छ। उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
लोकप्रिय
ताजा अपडेट
धनुषामा बसले अटोलाई ठक्कर दिँदा एकै परिवार तीनसहित ४ जनाको मृत्यु, बाबुआमा गुमाएका दुई बालकको अवस्था गम्भिर

