आगलागीमा परी घाईते भएका एकै परिवारका ४ जनाको मृत्यु

काठमाडौं– ललितपुर महानगरपालिका–१७ स्थित बाफलको एक टहरोमा १५ दिनअघि भएको आगलागीमा परी घाईते भएका एकै परिवारका चार जनाको मृत्यु भएको छ।

दुई छोरी र आमापछि बुवाको पनि मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ । मोबिल भण्डारण गरिएको टहरोमा गत २३ वैशाखमा आगलागी भएको थियो।

आगलागीमा सञ्जय गिरीको परिवारका सदस्यहरू घाइते भएका थिए। पटक पटक गरी तीन जनाको मृत्यु भएको थियो। शनिबार सञ्जयको समेत मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले बताए।

उनको ग्वार्कोस्थित किस्ट अस्पतालको भेन्टिलेटरमा उपचार भईरहेको थियो। किस्टमै उपचार गराइरहेकी सञ्जयकी श्रीमती रुपाको ३१ वैशाखमा मृत्यु भएको थियो।

आगलागी भएको भोलिपल्टै गिरीदम्पतीका दुई सन्तान ८ वर्षीया प्रिया र ३ वर्षीया एलिसाको मृत्यु भएको थियो। आगोले जलेर घाइते भएका सञ्जयका भतिज नाता पर्ने १५ वर्षीय नित गिरीको उपचार जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट