एमाले नेता महेश वस्नेत विरुद्ध दर्ता भयो बलात्कार र भ्रुण हत्याको जाहेरी

काठमाडौं– नेकपा (एमाले)का नेता महेश बस्नेतविरुद्ध ३१ वर्षीया एक युवतीले जिल्ला प्रहरी परिसर काठमाडौंमा फौजदारी कसुरको जाहेरी दर्ता गरेकी छिन्।

नेकपा (एमाले)की संगठित सदस्य समेत ती युवतीले वस्नेत विरुद्ध भ्रुण हत्या, बलात्कार र डाँका चोरी मुद्दाको जाहेरी हुलाक मार्फत दर्ता गराएकी हुन। जाहेरी दर्ता भईसकेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले बताए।

पीडित युवतीले काठमाडौँ महानगरपालिका–१० बबरमहलस्थित सनसाईन अपार्टमेन्ट र भारतको गुडगाउँस्थित तुलसी हेल्थकेयर अस्पतालमा गरी बस्नेतले आफुलाई दुई पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्।

बस्नेतमाथि औषधी खुवाएर र अप्रेसन गरेर २ पटक भ्रुण हत्या गराएको आरोप पनि छ। युवतीले मुलुकी अपराध संहिता ०७४ को दफा–१८८ को विपरीत भ्रुण हत्या गरेको कसुरमा बस्नेतलाई कारबाही गर्न माग गरेकी छिन्।

बलात्कार र भ्रुण हत्याको प्रमाण लुकाउन बस्नेले दुई जना युवा पठाएर आफ्नो अपार्टमेन्टमा ८ फागुन ०८० डाँका चोरी गराएको दावी पनि उनले गरेकी छिन्। उनीहरुले आफुलाई कुटपिट गर्दै मोबाइल र अन्य इलेक्ट्रिक डिभाइस लिएर गएको युवतीले दावी गरेकी छिन्।

बस्नेत सुशील कोइराला नेतृत्वको मन्त्रिपरिषदमा उद्योगमन्त्री थिए। प्रहरीले भने वस्नेतलाई सोधपुछ गरेको र मुद्दा अगाडि वढाउने तयारी भईरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट