दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी, कुवेत पुगेपछि यसरी विक्री हुन्छन नेपाली महिला

काठमाडौं– नेपालबाट मानव तस्करी गर्न एकटा गिरोहले दुबई र कुवेतमा कार्यालय नै खोलेको खुलासा भएको छ। नेपाल प्रहरीले गरेको अनुसन्धानका क्रममा मानव तस्करले दुबई र कुवेतका एजेन्ट राखेरै कार्यालय सञ्चालन गरेको खुलासा भएको हो।
ती कार्यालय मार्फत नेपालीहरुलाई भिजिट भिसामा दुबई पु¥याउने र त्यहाँबाट विभिन्न प्रलोभन देखाइ कुवेत पु¥याएर बेचबिखन गर्ने गरेको प्रहरीको अनुशन्धानले देखाएको छ। मानव तस्करीमा संलग्न राकेश नेपालीले आफनो नागरिक्ता समेत दुई थरी बनाएर यस्तो धन्दा गरिरहेको प्रहरीको दावी छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार नेपालीले गोपाल सुनार र राकेश सुनारका नाममा जन्ममिति र ठेगाना फरक बनाई दुई वटा नागरिकता लिएका छन्। उनीसहितको गिरोहले महिलालाई प्रलोभनमा पारेर दुबई लैजाने भनी कुवेत पु-याउने र बेचबिखन गर्ने गरेको खुलेको छ।
महिलालाई दुबईमा रहेको कम्पनीमा आकर्षक तलबको प्रलोभनमा पारी भिजिट भिसामा दुबई हुँदै कुवेत पु-याएर घरेलु कामदारका रुपमा लगाउने गरेको एसपी रेग्मीले बताए। पीडितका एक आफन्तले कार्यालयमा दिएको निवेदनका आधारमा कुवेतस्थित नेपाली राजदूतावासमार्फत एक पीडित महिलाको यही वैशाख २७ गते उद्धार गरेको थियो।
उक्त घटनाको अनुशन्धान गर्दा नेपाल सरकारले निषेध गरेको क्षेत्रमा समेत नेपाली महिलाहरुले लगेर बन्धक बनाई काममा लगाउने गरेको खुलेको छ। यसैक्रममा गत ३१ वैशाख दुई जनालाई पक्राउ समेत गरिएको थियो।
पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको बौद्ध बस्ने राकेश सुनार भन्ने २४ वर्षका गोपाल सुनार र गोरखा घर भई काठमाडौँ बस्ने आयुस भन्ने आकाशबाबु विक छन् । पीडितले स्वदेश फर्किन खोज्दा एजेन्टले बन्धक बनाएको र रु एक लाख ५० हजार माग्नुका साथै ज्यान लिने धम्की दिएको खुल्न आएको छ।