जुम्लामा ढुङ्गामुढा भएपछि ज्योति मगर भन्छिन्ः १० हजार दर्शकको माझमा म त ढुङ्गा खान पनि तयार

राजविराज– कलाकारिता क्षेत्रमा आफ्नो कलाभन्दा नग्नता बेच्नु अव नौलो कुरा रहेन। यो मामलामा धेरै कलाकार अगाडि छन्। तर, ज्योति मगरको कुरा गरिएन भने उनको कलाकारितमाथि नै अन्याय ठहर्छ।

आफुलाई गायिका भन्न रुचाउने ज्योति मगर नग्नता प्रदर्शन गरेकै कारण चर्चामा आएकी पात्र हुन्। छाडा शब्द प्रयोग गर्दै दोहोरी गाउन खप्पिस ज्योति दर्शकको मागअनुसार स्टेजमै कपडा खोल्नसमेत पछि पर्दिनन्।

मेला महोत्सवमा युवापुस्ता उतार्न आयोजकले उनको माग गर्ने गरेका छन्। उनको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति हुन्छ। उनको गायन भन्दा पनि स्पिकरमाथि खुट्टा राखेको दृष्य हेर्न दर्शक खचाखच भरिने गरेका छन।

उनको यही शैलीका कारण कहिलेकाही झडप र कुटाकुट समेत हुने गरेको छ। उनीमाथि ढुङ्गा तथा बोतल प्रहार भएका घट्ना समेत अव नौलो होईन। आइतबार पनि उनीमाथि जुम्लाका केही युवाले ढुङ्गामुढा गरेका छन्। त्यस क्रममा कार्यक्रम स्थलमा झडप समेत भएको छ। झडपपछि प्रहरीले लाठी चार्ज गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो।

तर, उनले भने ढुङ्गामुढा भएको विषयलाई अस्विकार गरेकी छिन्। सामाजिक सञ्जाल फेसवुकमा आफना कुराहरु राख्दै उनले दर्शकको भिड वढि हुँदा साना–बच्चा बच्चा च्यापिएर प्रहरीले लाठि चार्ज गर्नु परेको वताएकी छिन्। प्रहरीको लाठी चार्जपछि नाच्न नपाएका युवाहरुले प्रहरीमाथि ढुङ्गा हानेपछि झडप भएको उनको दावी छ।

उनले लेखेकी छिन्– ‘१० हजार भन्दा बढीको मासको उपस्थिति थियो। मैले गीत गाउँदै गर्दा दर्शकहरू नाच्न र झुम्न थाल्ने। त्यसैक्रममा यहाँ भएका साना–साना बच्चा र महिलाहरू च्यापिन थालेपछि प्रहरीहरू भिडमा घुसेर रोक्न खोज्दै लाठी चार्ज गर्नुभयो, नाच्न नपाएपछि केटाहरूले प्रहरीलाई ढुंगा हान्न थाले र एकछिन माहोल बिग्रेको हो,’ उनले सामाजिक संजालमा लेखेकी छन्।

१० हजार दर्शकको माझमा गीत गाउँदा ढुङ्गा खानु परेपनि आफु तयार रहेको उनले वताएकी छिन्। ‘यदि म माथि ढुंगामुडा भएको भए नि म त खुशी नै हुन्थे, किन था छ? बिना दर्शकको खाली चौरमा गीत गाउनु पो अपमान हो। दश हजार बढी दर्शकले पैसा तिरेर मलाइ हेर्न आउँछ भने त म त खुशी–खुशी ढुंगा नि खाइदिने हो।’– उनी लेख्छिन।

उनले आफ्नो बारेमा भ्रम फैलाउनेहरू र रमाउनेहरूलाई ‘बिचरा’ भन्दै ती समाचार आफना हेटरहरूले फैल्याइरहेको भ्रम भएको वताएकी छिन्। ‘उनीहरूले अरू त केही गर्न सक्दैनन्। भ्रम फैलाउने र भ्रममै रमाउने हुन्, बिचराहरू! अहिले स्टाटस र भिडियो क्लिप सेयर गरिरहेका कतिपयको प्रोफाइल हेरेको, कोही कोही आरिस गर्ने कलाकार र आरिस गर्ने सो कल्ड समाजसेवी देखेँ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट