एलिना चौहानलाई किन नेपाल राख्न चाहादैनन् विष्णु सापकोटा ?

काठमाण्डौं– गायिका एलिना चौहानसँग हालै विवाह गरेका गीतकार विष्णु सापकोटाले श्रीमतीलाई अष्ट्रेलियामै राख्ने योजना बनाएका छन्।

वैशाख पहिलो साता बिवाह गरेका दुवै अहिले सांगीतिक कार्यक्रममा सहभागी हुन दुबईमा छन्। त्यता जानुअघि उनीहरुले दिएका अन्तरवार्तामा विष्णुले एलिनालाई पनि आफुसँगै राख्ने योजना सुनाएका छन्।

अष्ट्रेलियाबाटै एलिनाले गीत रेकर्ड गरेर युट्युबमा राख्ने र दसैँ तिहार तथा महोत्सहरुमा नेपाल आउने उनले बताए। ‘मैले उता पनि आफ्नो व्यवसाय छाडिहाल्न मिल्ने अवस्था छैन। उताबाट गाएर पनि पठाउन मिलिहाल्छ। उता समीर आचार्यको स्टुडियो छ, त्यहाँ गाएर यता पठाउने’ उनले भने–‘गीतहरू कन्टिन्यू आइरहन्छन्। उनको आफ्नै च्यानल पनि छ। उतैबाट गाएर हाल्न सक्छौँ।’

दशैं–तिहारमा पारिवारिक भेटघाट पनि हुने र त्यतिबेला मेला महोत्सवको सिजन पनि हुने भएकाले अरु वेला उता वसेर सिजनमा यता आउने उनले सुनाए।

विवाहका लागि पहिलो प्रश्ताव मैले नै गरेंः एलिना
एलिनाले विष्णुसँग विवाह गरेपछि आफ्नो एउटा सपना पूरा भएको बताएकी छिन्। बिवाहका लागि आफूले नै प्रस्ताव राखेको उनको स्वीकारेकी छिन्। विष्णुसँग बिवाह गरेपछि आफूलाई व्यवसायिक जीवनमा समेत सजिलो भएको उनको भनाई छ।

‘मलाई कति सजिलो हुन्छ। म हेर्दा मात्रै बाठी हो, म केही जान्दिनँ क्या। मान्छेले युज गरेको पनि थाहा पाउँदिन’ उनले भनिन्–‘उहाँले नै सबै गाइड गर्नुहुन्छ, मलाई धेरै सजिलो छ अहिले। केही डिल गर्नु पर्दैन । कसैसित छुच्ची हुनु पर्दैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट