विवाहको १२ दिनपछि वेहुली केटा भएको खुलासाः घट्ना थाहा पाउँदा प्रहरी पनि चकित

काठमाडौं– सन्सारमा हरेक दिन केही न केही अनौठा घट्ना भईरहेका हुन्छन। कतिपय घट्ना त हामीले विश्वास त के कल्पनासमेत गर्न नसक्ने खालका हुन्छन। इन्डोनेसियामा हालसालै एउटा यस्तै घट्ना सार्वजनिक भएको छ।

इण्डोनेसियाको वालगुजाया गाउँमा वस्ने एके नाम गरेका २६ वर्षीय पुरुषले गत साता उजुरी गर्न प्रहरीलाई फोन गरे। उनको कुरा सुनेर प्रहरी पनि आश्चर्यमा पर्यो। जानकारी अनुसार एकेको हालै विवाह भएको थियो। विवाहको १२ दिनपछि उनले आफुले विवाह गरेकी वेहुली पुरुष भएको थाहा पाए।

आफूले १२ दिन अघि बिहे गरेर भित्र्याएकी बेहुली युवतीको भेषमा पुरुष भएको उनको भनाइ थियो। एकेले आफ्नो बेहुलीलाई इन्टरनेटमा भेटेका थिए। दुबैले एक अर्कालाई मन पराएपछि प्रत्यक्ष भेटघाट गर्ने निर्णय गरे। पहिलो पटक देख्दैमा युवक ती युवतीको प्रेममा परे।

दुई चार पटक भेटेपछि बिहेका लागि प्रस्ताव गरे। युवतीका केही बानी शंकास्पद भए पनि उनी महिलाको भेषमा पुरुष भएको कल्पनै गरेका थिएनन्। युवती बनेकाले आफ्नो नाम अदिन्दा कान्जा अजाहरा बताएका थिए।

प्रेमिकाले आफ्नो मुहार सधैँ हिजाब वा बुर्काले ढाकिरहने भएकाले युवकले खासै चासो दिएका थिएनन्। अलि लजाउने बानी रहेछ भनेर खासै सोधखोज पनि गरेनन्। अदिन्दाले बिहे गर्न त मानेपनि आफ्नो आमाको मृत्यु भएको र पिता नभएको भन्दै बिहे दर्ता गर्न मानिन्।

धर्म गुरुको उपस्थितिमा दुवैले बिवाह गरे। बिहेपछि पनि बेहुलीले आफ्नो अनुहार श्रीमानलाई नदेखाएको बताइएको छ । न त गाउँमा बेहुलाको घर परिवार र साथीभाईसँग घूलमिल भएको पाइयो । एकेले बेहुलीको चालचलनबारे गुनासो गर्न थालेपछि उनको परिवारले नयाँ दुलहीको चियो चर्चा शुरु गरे । यस क्रममा दुलही युवति नभएर युवक भएको खुलासा भयो । बेहुलीले आफ्नो पिता छैनन् भने पनि उनी गाउँमै भेटिए। उनैले अदिना महिला नभएर पुरुष भएको खुलासा गरेका थिए।

एकेको परिवारले बेहुलीको वास्तविकता बताएपछि उनीहरूले प्रहरीलाई सूचित गरिदिए। एकेको पैसा हत्याउन अदिना बनेर युवकले बिहे गरेको प्रहरीले बताएको छ। मेकअप लगाउँदा अदिना केटा हो कि केटी भनेर छुट्याउनै नसक्ने अनुहार भएकोले पनि एके सहजै झुक्किएको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट