राती खाना खाएर सुतेका युवकको शव भोलीपल्ट खोलामा भेटियो, हत्या भएको दावी

राजविराज– सप्तरीको राजविराज नगरपालिका–१३, पिप्राहिका एक युवक मृत अवस्थामा भेटिएका छन्। अशोक यादवका १९ वर्षीय छोरा सुनिलकुमार यादव मृत फेला परेका हुन। उनको हत्या भएको आशंका छ।

हजुरबुबा–हजुरआमासँग वस्दै आएका उनी मंगलबार राती १० वजे खाना खाएर सुतेका थिए। तर, हजुरआमा विहान करिव साढे ३ बजे पशुचौपायालाई घाँस दिन उठ्दा सुतेको ठाउँमा नदेखेपछि उनको खोजतलास सुरु भएको थियो।

खोजतलासकै क्रममा बुधबार दिउँसो करिव डेढ वजे पिप्राही र भेल्हीबीचको खाँडो खोलामा ( निर्माणाधिन कृषि विश्वविद्यालयको साईडमा) उनको शव भेटिएको थियो। गाईवस्तु चराउने गोठालाले शव देखेपछि प्रहरीलाई खवर गरेका थिए। साइकलसहित घोप्टो परेको अवस्थामा फेला परेका उनको नाक र मुखबाट रगत निस्किएको थियो।

स्थानीयका अनुसार उनको मुखमा कुटपिट गरेको चोट र शरीरमा छुरा प्रहार गरेको निसान देखिएको छ। उनीहरुले युवकको हत्या भएको दावी गरेका छन्। सुनिलका वुबा अशोक रोजगारीका लागि मलेसिया गएका छन् भने आमा, वहिनी र भाई राजविराज वजारमा डेरा लिएर वस्दै आएका छन्।

शव पोष्ट मार्टमका लागि सुनसरीको धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको र घट्नाको अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर प्रमोद खड्काले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट