बलात्कार मुद्दामा सफाई पाएपछि के गर्दैछन् सन्दीप लामिछाने ?

काठमाडौँ– बलात्कार मुद्दामा सफाइ पाएपछि क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने तयारी गरिरहेको छ।
मुद्दाको फैसला आउनासाथ नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेमाथि लगाएको निलम्बन पनि फुकुवा गरिसकेको छ। सन्दीप भने यति बेला अभ्यासमा व्यस्त छन्। त्रिभुवन विश्वविद्यालयस्थित मैदानमा रहेको प्रशिक्षण स्थलमा लामिछाने अभ्यास गरिरहेका छन्।
सन्दीपको अभ्यास हेर्न संघका सचिव पारस खड्का पनि पुगेका थिए।
यता, लामिछानेले सफाई पाएपछि न्यायाधीश अदालतप्रति लान्छना लगाउने प्रयास भने जारी छ। अदालतले गौशाला– २६ नाबालिग नरहेको पुष्टि गर्दै बलात्कार भनिएको घटना दुई उमेर पुगेका युवायुवतीको राजीखुशीपूर्ण ‘वान नाइट स्ट्यान्ड’ मात्र भएको निष्कर्ष निकालेको छ। अघिल्लो दिन इजलास सकिएपछि फैसलालाई प्रभाव पार्ने मनसायले गौशाला २६ लाई वकिलले न्यायाधीशहरुसामु उभ्याएर रुन लगाएका थिए। अर्कोतर्फ महिलावादीहरुको एउटा कित्ता फैसला अदालतलाई दुत्कार्न हतियार तिखारेर बसिरहेको अवस्था थियो।
तर, पनि न्यायाधीशहरुको फैसलाले लामिछाने खेलमा फर्किने बातावरण वनेको छ।