शिक्षामन्त्री सुमनाको सम्पत्तिः ८ करोड नगद, हिराको सेट, १० लाखको जग्गा
काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सम्पत्ति झण्डै ८ करोड नगद, हिरासको सेट तथा करिव १० मुल्यको जग्गा देखिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरणमा श्रेष्ठको यस्तो विवरण सार्वजनिक भएको हो।
मन्त्री श्रेष्ठको नाममा रहेको बैंक खातामा १ करोड ५२ लाख र उनका श्रीमान् पावल स्विन्स्कीको नाममा ५ करोड ५७ लाख ८४ हजार ११९ गरी कुल ७ करोड ९८ लाख ४ हजार ११९ रुपैयाँ छ।
यसैगरी, काभ्रेमा ९ लाख ९५ हजार मुल्य बरावरको (८–६–३० क्षेत्रफल) जग्गा छ। उक्त जग्गा आफनो पारिश्रमिकबाट संयुक्त नाममा किनेको उनले उल्लेख गरेकी छिन्।
उनको ११ तोला सुन र १ सय तोला चाँदी छ। यसैगरी हिराको सेट र हिराको टप पनि रहेको विवरण उनले सार्वजनिक गरेकी छिन्।
प्रतिक्रिया