गृहमन्त्रीको भएभरको सम्पत्ति श्रीमतीको नाममा, गाडी पनि दुई जनाको

काठमाडौँ– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भएभरको सम्पत्ति श्रीमती निकिता पौडेलको नाममा देखिएको छ। उनले आफनो नाममा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाएका छन्।

मंगलबार सरकारले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको सम्पत्ति विवरण सार्वजनिक गरेको थियो। त्यस क्रममा गृहमन्त्री लामिछानेको ग्लोबल आइएमई बैङ्कमामा रहेको खातामा ५ हजार रुपियाँ र नेपाल बैङ्क लिमिटेडमा १ लाख ५ हजार रुपियाँ देखिएको छ।

श्रीमती निकिता पौडेलको नाममा भने भयंकर सम्पत्ति छ। पौडेलको नाममा बूढानीलकण्ठ वडा नम्बर ८ मा ५ आना जग्गा छ। उक्त जग्गा तीन करोड ७५ लाख रुपैयाँमा खरिद गरिएको उल्लेख छ। पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ।

उनको माइतीको सगोलमा काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत (८ करोड ७५ लाख बराबर) शेयर छ। लामिछानेले घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ।

निकिताकै नाममा तीन करोड रुपैयाँको नारी टिभी, एक करोडको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको उल्लेख छ। उनले श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार खरिद गरेको सम्पत्ति विवरण पेस गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट