धावनमार्गमा ‘क्रयाक’ भएपछि अवरुद्ध त्रिभुवन विमानस्थल सुचारु

काठमाडौं– धावन मार्गमा क्रयाक भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण सेवा पुनः सूचारु भएको छ।

विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले विमानस्थलको सेवा सुचारु भएको जानकारी दिए। धावनमार्गमा खाल्डो देखिएपछि १ घण्टाका लागि विमानस्थल बन्द गरिएको थियो।

उनका अनुसार थाई एयरवेजको जहाज, मलेसिया एयरलाइन्सको जहाज अवतरण गरिसकेको छ भने सिचुवान एयरलाइन्स र एयर चाइनाको जहाजले उडान भरेका छन्।

‘ठूलो धावनमार्गमा कुनै पनि बेला समस्या आउनसक्छ। अहिले गर्मीको समय छ, पिच तातेको छ। अहिलेलाई भने समस्या समाधान भएको छ, उडान र अवतरण यथावत् भएका छन्।’– उनले भने।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट