ड्रग्स सेवन गरेका छिमेकी युवकले चक्कु प्रहार गर्दा पर्सामा एक जनाको ज्यान गयो

पर्सा — छिमेकी युवकले चक्कु प्रहार गर्दा पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ ओझैया प्रसौनीका ५० वर्षीय ललाइ हजरा दुसादको शुक्रबार मृत्यु भएको छ।

ड्रग्स (लागु पदार्थ) सेवन गरेका छिमेकी सुवास हजरा दुसादले उनीमाथि शुक्रबार साँझ ६ बजे चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते भएका ललाईलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज लाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

ललाईको मृत्यु भएपछि ओझैया प्रशौनीमा तनावपूर्ण अवस्था सृजना भएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय पटेरवा सुगौलीको टोली खटिएर स्थितीलाई नियन्त्रणमा लिएको थियो।

ललाईमाथि चकु प्रहार गर्ने सुवास हजार दुसादलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट