कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले सगरमाथा आरोहणका क्रममा राजश्व छली गरेको खुलासा, गाईड वनेर आरोहण

काठमाडौँ– एकै सिजनमा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ।

त्रिभुवन विमानस्थलमा पञ्चेबाजासहित एक समूहले श्रेष्ठलाई स्वागत गरेको हो। वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उनले १२ जेठ (शनिबार)को बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर कीर्तिमान बनाएकी हुन।

पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बनिन्। उनले योसहित सगरमाथा आरोहण चौथो पटक हो। श्रेष्ठले यसअघि यही याममा १२ मो पहिलो पटक तथा १९ मेमा दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

तर, उनले सगरमाथा चढेने क्रममा डेढ लाख राजस्व छलि गरेको खुलेको छ। उनले राजश्व तिर्नबाट जोगिन गाइड बनेर सगरमाथा आरोहण पाइएको छ। नियमअनुसार गाइड बनेर सगरमाथा आरोहण गर्दा आरोहीले जस्तो शुल्क तिर्नु पर्दैन। वसन्त आरोहण मौसममा नेपाली नागरिकले एक आरोहणको शुल्क ७५ हजार तिर्नुपर्ने व्यवस्था छ।

पूर्णिमाले त्यसैको फाईदा उठाएर २ पटक गाईड बनेर सगरमाथा आरोहण गरेको पाईएको छ। पर्मिट नम्बर २० लिएर श्रेष्ठले सगरमाथा आरोहण गरेकी उनको आरोहण दलको नाम एट के इन्टरनेसनल एभरेष्ट २०२४– स्पिङ १ हो।

माउन्टेन गाइडहरूको संस्था माउन्टेन गाइड एसोसियसन अफ नेपाल (पर्वतीय पथप्रदर्शक संघ नेपाल)का अध्यक्ष सञ्जीव गुरुङले भने पूर्णिमा माउन्टेन गाइड नभएको बताए। पूर्णिमाले पनि २ पटक गाइड र एक पटक आरोही भएर सगरमाथा चढेको बताइन्। पैसा धेरै तिर्नबाट जोगिन आफुले यस्तो गरेको उनको भनाई छ।

गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् १०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। उनले सगरमाथासहित विश्वका विभिन्न हिमाल आरोहण गरिसकेकी छिन्। विश्वका आठ हजार मिटरभन्दा माथिका १४ हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गत वर्ष साउनमा पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको आरोहण गरिसकेकी छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट