भिमफेदी कार दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो, ३ महिने बालिकासहित २ को सनाखत

हेटौंडा– मकवानपुरमा बुधबार भएको कार दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। एक जनाको घटनास्थलमा र दुई जनाको हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उनकी तीन महिने छोरी अर्जिताको सनााखत भएको छ। मृतक एक जनाको सनाखत हुन बाँकी छ।

दुर्घटनामा घाइते मनहरी–८ बेलुवाका २३ वर्षीया सरिता परियार र चितवनको राप्ती नगरपालिका–१ लोथरका ३५ वर्षीया सानुकान्छी तामाङको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँबाट हेटौँडा आउँदै गरेको बा६च ९३७९ नम्बरको कार भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा अनियन्त्रित भएर दुर्घटना भएको थियो। कार सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट