६० किलो सुन तस्करी प्रकरणमा कांग्रेस कार्यकर्ता थर्कमान पक्राउ

काठमाडौं– ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा लामो समयपछि सीआईबीले थप एक जनालाई पक्राउ गरेको छ।
काभ्रेको तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय कान्छामान भनिने थर्कमान लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो। उनी नेपाली कांग्रेसका कार्यकर्ता हुन।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ। लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो। पछि उक्त सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको थियो।
प्रतिक्रिया