सडक खन्दा सुक्खा पहिरो खसेर तामाकोशी नदी ४ घण्टा थुनियो, सीडीओ भन्छन्ः पानी बग्न थालेको छ

काठमाण्डौं– सडक खन्दा शुक्रबार विहान सुक्खा पहिरो खसेर तामाकोशी नदी थुनिएको छ। दोलखाको विगु गाउँपालिका १– लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा पहिरो खसेको हो।

पहिरोका कारण तामाकोशी नदी आंशिक थुनिएको र अहिले पानी वग्न थालेको विगु–१ का वडाध्यक्ष मेम्बा तामाङले बताए। उनका अनुसार माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा केही माथी सुख्खा पहिरो खसेको थियो।

पहिरोका कारण लप्चीबाट चरिकोट आउँदै गरेका २५ जना विदेशी पर्यटकसहित करिब ५० जना अलपत्र परेका थिए। निरन्तर पहिरो खसेपछि त्यसतर्फ जान रोक लगाईएको थियो।

अहिले आफैं पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको दोलखाका सीडीओ टुवराज पोखरेलले वताए। हिउँदमा नदीमा पानी धेरै नभएकाले ३/४ घण्टा थुनिएको पानीले जोखिम नरहेको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट