१७२ यात्रुसहित उडिरहेको भारतीय विमानमा बमको धम्की आएपछि…

काठमाण्डौं– १७२ यात्रु लिएर आकाशमा उडिरहेको भारतीय विमानमा बमको धम्की आएपछि आपतकालीन अवतरण गरिएको छ। चेन्नईबाट मुम्बईका लागि आज बिहान उडेको इन्डिगोको फ्लाइटमा बमको धम्की आएको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार फ्लाइट ६ई ५३१४ को इन्डिगो विमान आज बिहान ६ः५० बजे चेन्नईबाट प्रस्थान गरेको थियो। मुम्बई जाँदै गर्दा त्यहाँ एक बेवारिसे रिमोट भेटियो। त्यसपछि पाइलटहरूले मुम्बई एयर ट्राफिक कन्ट्रोललाई जानकारी दिए र आपतकालीन अवतरणको अनुमति मागे।

विमान बिहान ८ः४५ मा मुम्बई विमानस्थलमा अवतरण भएको थियो। त्यसपछि विमानस्थलमा आपतकाल घोषणा गरियो। दमकल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखियो। उडान ६ई५३१४ चेन्नईबाट बिहान ७ बजे उडेको थियो। बिहान करिब साढे ९ बजे मुम्बई एयरपोर्टमा अवतरण भएको थियो।

विमानस्थलका अधिकारीहरू तुरुन्तै सक्रिय भए भने विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालियो। इन्डिगोले विज्ञप्ति जारी गर्दै चेन्नईबाट मुम्बई गइरहेको इन्डिगोको फ्लाइट ६ई ५३१४ मा बमको धम्की आएको जनाएको छ। ‘त्यसपछि सुरक्षा निकायको निर्देशनमा विमानलाई सुनसान स्थानमा लगियो। विमानबाट सबै यात्रु सकुशल ओर्लिएका छन्।’ विज्ञप्तिमा भनिएको छ।

एक हप्तामा इन्डिगो एयरलाइन्सलाई बमको धम्की आएको यो दोस्रोपटक हो। यसअघि मे २८ मा दिल्लीबाट वाराणसी जाँदै गरेको इन्डिगोको उडान ६ई–२२११ लाई पनि बमको धम्की दिइएको थियो। विमानमा दुई बालबालिकासहित १७६ जना सवार थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट