रक्सी खाएर ७० वर्षीया महिलालाई कुटपिट गरेपछि अभिनेत्री रविना टन्डन विवादमा

काठमाण्डौं– रक्सीले मातेर गएराति ७० वर्षीया वृद्धा महिलालाई कुटपिट गरेपछि भारतीय अभिनेत्री रविना टण्डन विवादमा परेकी छन्। मुम्बईको बान्द्रास्थित रिजवी ल कलेज नजिकै रविनाको ती वृद्धालाई कुटपिट गरेको जनाईएको छ।
जानकारी अनुसार रविनाको गाडीले कलेज नजिकै एक महिलालाई सामान्य ठक्कर दिएपछि विवाद सुरु भएको थियो। कारले ठक्कर दिएपछि महिला र उनको परिवारसँग कार चालकको विवाद भएको थियो। त्यसपछि आफैं कारबाट ओर्लेर उनीहरुसँग झगडा गर्न थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
भिडियोमा रविनाले भीडलाई भिडियो खिच्नसमेत वन्देज गर्दै गरेको देखिएको छ। भिडियोमा रविनालाई पीडित परिवार र स्थानीय भीडले घेरेको छ। मानिसहरूले प्रहरीलाई बोलाउने कुरा गरिरहेका छन्।
अर्कोतर्फ पीडितले प्रहरी चौकीमा उजुरी दर्ता गराउन खोजे पनि प्रहरीले कारबाही गर्न कडाइ नगरेको कुटाइ खाएकी महिलाको परिवारले बताएको छ। उनीहरुले रविना नशामा रहेको दाबि गरेका छन्।
घटनापछि रविनाका पति अनिल थडानी मिलाउन प्रहरी चौकी पुगेका थिए। तर, पीडित परिवारले मिलापत्र नगर्ने र जसरी पनि मुद्दा दर्ता गर्ने योजनामा रहेको बताईएको छ। प्रहरीले यस विषयमा अनुसन्धान थालेको र थप कारबाही अघि बढाएको बताएको छ।