आफनै साथीले खुकुरी प्रहार गर्दा एक युवक घाईते
काठमाण्डौं– दाङको तुलसीपुरमा आफनै साथीहरुले खुकुरी प्रहार गर्दा एक युवक घाईते भएका छन्। तुलसीपुर उपमहानगरपालिका–९ पातुखोलाका श्याने भनिने टोपबहादुर नेपालीमाथी आइतबार बेलुका खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहारबाट दुवै खुट्टामा घुँडामुनि चोट लागेका नेपालीलाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके रिफर गरिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर बजारबाट सँगै गएका साथीहरूले नेपालीलाई तुलसीपुर–१७, मानपुरमा खुकुरी हानेका थिए। पुरानना रिसिबीका कारण खुकुरी प्रहार भएको प्रहरीको अनुमान छ।
खुकुरी प्रहार गर्ने तुलसीपुर–९, बेलुवाका सुरज वली र सन्तोष हमाललाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया
लोकप्रिय
मन्त्री बब्लु गुप्ताः देउसीको पैसा हजम गरेर टाप, मिटरब्याज पीडितको आन्दोलनबाट लखेटिएका विवादास्पद पात्र
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
