बैंग्लोरमा ग्याँस लिक भई आगलागी हुँदा एकै परिवारका ३ बालबालिकासहित ५ नेपालीको मृत्यु
काठमाण्डौं– भारतको बैंग्लोरमा खाना पकाउने ग्याँस लिक भई आगलागी हुँदा एकै परिवारका ५ जना नेपालीको मृत्यु भएको छ। आगलागीमा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिका–११, सुइलका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।
घट्नामा मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको हो। गत बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।
झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागी भएको थियो। सो आगोले जलेर बोहरा परिवारका सबै सदस्य घाइते भएका थिए। घाइते पाँचै जनालाई भिक्टोरिया अस्पताल लगिएको थियो।
घाइतेमध्ये ८ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर सोही दिन मृत्यु भएको थियो भने ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यु भएको थियो। छोरी निता र बुवा मदन बोहराको सोमबार बिहान मृत्यु भएको जनाईएको छ।
बैंग्लोरको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका मदन विगत ६ वर्षदेखि परिवारसहित उतै बस्दै आएका थिए। उनकी श्रीमती स्थानीयको घरमा सरसफाइको काम गर्दै गर्थिन। छोराछोरी त्यहीको स्थानीय विद्यालयमा पढ्ने गरेका थिए।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
