पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउँने सहकारी पीडितलाई प्रहरीको लात्ती, २ जना घाईते

काठमाण्डौं– प्रधानमन्त्री पुष्पकमल दाहाललाई पोखराका सहकारी पीडितहरुले कालो झण्डा देखाएको छन्। बुधबार विहान पोखरा सभागृहमा प्रवेश गर्ने क्रममा दाहाललाई कालो झण्डा देखाइएको हो।
पोखरा सभागृह अगाडि भेला भएका सूर्यदर्शन सहकारीका पीडितहरुले ‘सहकारी पीडितलाई न्याय दे’ भन्ने नारा पनि लगाएका थिए। त्यस क्रममा प्रहरीले कतिपय सहकारी पीडितलाई कुटपिट समेत गरेको छ। प्रहरीको कुटाइबाट २ जना घाइते भएका छन्।
सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले प्रहरीले लात्ती प्रहार गर्दा ७८ वर्षीय भीमप्रसाद चपाईँ र ३० वर्षीया अनुराधा श्रेष्ठ घाईते भएको जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ।
कालो झण्डा र ब्यानर देखाउने ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रधानमन्त्रीले सहकारीको रकम अपचलन गरेको आरोप लागेका गृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेको संरक्षण गरेको भन्दै सहकारी पीडितहरु आक्रोशित छन्।