सडकमा विग्रिएको पिकअपमा स्कुटर ठोक्काएर दुई जनाको मृत्यु

दमक– झापामा बुधबार राति रोकिराखेको बोलेरो पिकअपमा स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

मेची लोकमार्ग अन्तर्गत मेचीनगर नगरपालिका–१२ धाइजनमा बिग्रिएर राखेको को१च ७२६४ नम्बरको पिकअपमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे७प ७२८३ नम्बरको स्कुटर ठोक्कीँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको हो।

राति पौने ११ बजे भएको दुर्घटनामा स्कुटर चालक बुद्धशान्ति–५ का २५ वर्षीय लीलाप्रसाद ढुङ्गेल र इलामको रोङ गाउँपालिका–५ बहुवनका २९ वर्षीय चेतन रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

दुर्घटनामा घाइते दुवैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पु¥याइएको र राति नै घाइतेको मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट