बलात्कारको आरोपपछि फरार भएका मधेस मुख्यमन्त्री कार्यालयका उपसचिव प्रहरी नियन्त्रणमा

जनकपुर– आफु मातहतकै कर्मचारीकी पत्निलाई बलात्कार गरेको आरोप लागेपछि फरार भएका मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव रूपेशकुमार साहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

उनले शनिबार प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका हुन्। तर घटनाबारे अनुसन्धान जारी रहेको भन्दै प्रहरीले यसबारे केही बोल्न मानेको छैन। सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साहले गत ७ वैशाखदेखि फरार थिए।

कर्मचारीकी पत्नि पीडित महिलाले गत १८ माघमा उपसचिव साहले ‘भगवानको प्रसाद’ भन्दै पेडामा नशालु पदार्थ मिसाएर खान दिई बेहोस कनाएर बलात्कार गरेको जाहेरी प्रहरीमा दिएकी हुन। उनका अनुसार यो घट्ना मधेस भवनस्थित सरकारी कर्मचारीको क्वार्टरमै भएको हो।

मुख्यमन्त्री कार्यालयमा सँगै काम गरिरहेकाले श्रीमानको साथीको नाताले रातको समयमा उपसचिव साह टेलिभिजन हेर्न पहिला पनि आउने–जाने गरिरहेको र त्यस दिन श्रीमान नभएको मौका पारी बलात्कार गरेको उनको आरोप छ।

त्यो घट्नापछि उपसचिव साहले त्यसको भिडिओ र तस्बिर देखाएर कयौंपटक बलात्कार गरेको उनको भनाई छ। आफुले प्रतिवाद गर्दा एसिड हालेर अनुहार बिगारिदिने र ज्यान मार्नेसम्मको धम्की दिएर आफुमाथि कुकर्म गरेको उनले बताएकी छिन्।

‘पटक–पटकको बलात्कारपपछि गर्भमा बच्चासमेत बसेको छ। त्यो बच्चा फाल्नुप¥यो भन्दै दबाब दिएपछि श्रीमानलाई सबै जानकारी गराएँ। अनि, न्यायका लागि उजुरी गरेकी हुँ,’ ती महिलाले भनेकी छिन्।

यस विषयलाई लिएर उपसचिव साह र पीडितका श्रीमानबीच सरकारी निवासमै कुटाकुटसमेत भएको थियो। मधेस भवनमै कयौंपटक झगडा र कुटाकुट भएपछि उपसचिव साह बिदामा बसेका थिए। बिदामै बसेको बेला उनीविरूद्ध धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसयता उनी फरार भएका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट