मुख्यमन्त्री कार्यालयका उपसचिवद्वारा कर्मचारीकी श्रीमती बलात्कृत, भीडीओ बनाएर ब्ल्याकमेल

जनकपुर– मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत कर्मचारीकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा सोही कार्यालयका उपसचिव रुपेशकुमार साहविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ।

पीडित महिलाले ३० चैतमा दिएको जाहेरी जिल्ला प्रहरी कार्यालय धनुषाले ३ वैशाख ०८१ मा दर्ता गरेको छ। साह १८ वैशाखदेखि फरार छन्।

महिलाले १८ माघ ०८० मा आफुमाथि पहिलो पटक बलात्कार भएको बताएकी छिन्। श्रीमान् बाहिर गएको मौका पारेर नशालु पदार्थ खुवाई उपसचिव साहले बलात्कार गरेको उनको आरोप छ।

‘मेरो श्रीमानको साथी भएको नाताले मेरो कोठामा टीभी हेर्न आउने गरेको थियो। श्रीमानको साथी हो भनेर सम्मान पनि गर्थेँ। माघ १८ गते राति मेरो श्रीमान गाउँ गएको बेला हनुमानजीको मन्दिरको प्रसाद हो भनी करकाप गरी नशालु पदार्थ खुवाए। प्रसाद खाएपछि म बेहोस भएँ। त्यसपछि जबर्जस्ती करणी ग¥यो।’– महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।

त्यस दिन बनाएको भिडिओ र फोटो देखाएर ब्ल्याकमेल गर्दै आफुलाई पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ। एसिड हालेर अनुहार बिगारिदिने, चक्कु देखाएर ज्यान मारिदिने लगायतका धाकधम्की त्रास देखाई पटक–पटक बलात्कार गरेको उनको आरोप छ।

पटक–पटकको बलात्कारले गर्भ बसेपछि उपसचिव साहका सासु ससुरा र पत्नी आई गर्भ तुहाउन दबाब दिएको र नमान्दा आफु र श्रीमानसमेतलाई निर्ममतापूर्वक कुटपिट गरेको उनले वताएकी छिन्।

धनुषा प्रहरीका डीएसपी रञ्जन अवाले उपसचिव साहमाथि जबर्जस्ती करणी मुद्दा दर्ता भएको तर पक्राउ परिनसकेको बताए।


प्रतिक्रिया

One thought on “मुख्यमन्त्री कार्यालयका उपसचिवद्वारा कर्मचारीकी श्रीमती बलात्कृत, भीडीओ बनाएर ब्ल्याकमेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट