दिपक मनाङे ३ वर्षमा ६ पटक मन्त्री, गणतन्त्रको लाभ कस्लाई ?

काठमाडौं– कुनै समय ‘गुण्डा नाईके दीपक मनाङे’ भनेर भनेर चिनिने गण्डकी प्रदेशका प्रदेश सभा सदस्य राजिव गुरुङ फेरी मन्त्री वनेका छन्। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दा उनको भागमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय परेको छ।

उनी तेस्रो पटक यो मन्त्रालयको जिम्मेवारीमा पुगेका हुन। उनले युवा तथा खेलकुद मन्त्रालयमा पनि तीन पटक मन्त्री बन्ने सौभाग्य पाए। यो सँगै उनी ३ वर्षमा ६ पटक मन्त्री वनिसकेका छन्। १६ वैशाख ०७८ मा उनी पहिलो पटक मन्त्री बनेका थिए। त्यसपछि उनी धेरै दिनसम्म पद वाहिर वस्नु परेको छैन।

गण्डकी प्रदेशमा पटकपटक हुने गरेको सत्ता परिवर्तनको लाभ मनाङेले नै बढी उठाउने गरेका छन्। ६० सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ठूला दलबाट मुख्यमन्त्री बनेकाहरूलाई एक/एक सिटको पनि आवश्यकता पर्ने गरेको छ। जसको फाईदा मनाङेले उठाउँछन्।

मन्त्री बन्न जुनसुकै पार्टीमा जाने र जोसुकैसँग गठवन्धन गर्न तयार हुने मनाङे ५ जेठ ०७८ मा दोस्रो, २९ जेठ ०७८ मा तेस्रो, ५ चैत ०८० मा चौथो, ८ वैशाख ०८१ मा पाँचौ र २९ जेठ ०८१ मा छैठौं पटक मन्त्री बनेका छन्।

मनाङे मनाङबाट निर्वाचित भएका हुन। ०७४ सालको निर्वाचनमा पनि उनी स्वतन्त्र उम्मेदवारको रुपमा विजयी भएका थिए। पछि उनी एमाले प्रवेश गरे। बीचमा एमाले र माओवादी केन्द्रबीच एकता भयो, विभाजन हुँदा उनी एमालेतिर लागे र छोडे पनि।

०७९ को निर्वाचनमा विजयी भएका उनी पछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी प्रवेश गरे। मन्त्री बन्न नपाएपछि उनले ४ चैत ०८० मा त्यो पार्टी पनि छोडे।

गत १६ जेठमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक मुख्यमन्त्री भए। सुरुका दुई हप्ता उनले आफ्नै पार्टीका दुई मन्त्रीको साथमा सरकार चलाएका पनि २८ जेठमा मनाङेलाई आफुसँग मिलाए। त्यसो गर्दा पाण्डेले विश्वासको मत पाए भने मनाङेले मन्त्री ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट