नेपालका वेबसाईटमा मितिको गडवडीः छैन जेठ ३२, सवैमा आयो असार १ गते

काठमाडौं– अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा समस्या देखिएपछि नेपाल सरकारका आधिकारीक वेबसाईट लगायत अधिकांश नेपाली वेबसाईटमा मिति गडबड भएको छ।
आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते भएपछि वेबसाईटहरुमा असार १ गते देखाएको छ। यो वेमेल प्राविधिक समस्याका कारण भएको जनाईएको छ। नेपालका वेबसाइटहरूमा आज जेठ ३२ गते हुनु पर्नेमा असार १ गतेको मिति देखाएको छ।
नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइटमा समेत असार १ गते नै उल्लेख छ। अङ्ग्रेजी पात्रोलाई नेपालीमा परिवर्तन गर्दा जेठ ३१ गतेसम्मको महिना मात्र रहेको र असार ३२ गतेको महिना रहेको थियो।
तर जेठ ३२ गतेको महिना पञ्चाङ्ग निर्माण समितिले तय गरेपछि आज असार १ गते देखिएको हो । अङ्ग्रेजी मिति भने आज सन् २०२४ जुन १४ हो।
प्रतिक्रिया