सिरहामा ट्रकसँग ठोक्किएर मोटरसाईकलमा सवार २ जनाको घट्नास्थलमै मृत्यु

लहान– पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका ७ कसहामा शनिवार ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

पूर्व जाँदै गरेको प्र २–०३–००१ ख नम्बरको ट्रक र पश्चिम जाँदै गरेको स. ५ प १९९० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा धनगढीमाइ ८ का ३१ वर्षीय राजेश्वर यादव र १४ वर्षीय लालबाबु यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पडिण्तले बताए।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ। ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

दुर्घटनापछि मृतकका परिवारले केहीबेर पूर्व पश्चिम राजमार्गमा अवरोध गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट