सिरहामा प्रहरी जवान करिश्मा सुनारको मृत्यु प्रकरणमा २७ वर्षीय युवक पक्राउ

लहान– ५ दिनअघि सिराहामा प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

दैलेखको खरिगैडा घर भई हाल बाँकेको बैधनाथ गाउँपालिका–२ बस्ने २७ वर्षीय पुष्कर थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो।

थापालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिराहामा ल्याईएको छ। गत ३१ जेठमा जिल्ला प्रहरी कार्यालय सिराहाको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र भवनको शौचालयमा प्रहरी जवान सुनार झुण्डिको अवस्थामा मृत फेला परेकी थिइन्।

बाँकेको खजुरा गाउँपालिका–४ बस्ने करिश्माले आत्महत्या गरेको खुलेको छ। सो घटनाको अनुसन्धानको क्रममा आत्महत्या दुरुत्साहन आरोपमा पुस्कर पक्राउ परेका हुन।

उनीविरूद्ध आत्महत्या दुरूत्साहनको मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट