छाउगोठमा आँखामा पट्टी बाँधेर १६ वर्षीया किशोरीको सामुहिक बलात्कार, अचेत अवस्थामा उद्वार

काठमाण्डौं– अछामको पञ्चदेवल विनायक नगरपालिकामा छाउगोठमा बसेकी १६ वर्षीया किशोरीको सोमबार राती सामुहिक बलात्कार भएको छ। भएकी छिन्। बलात्कारको आरोपमा प्रहरीले स्थानीय १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
११ वर्षदेखि मामाघरमा बस्दै आएकी किशोरी घर नजिकैको छाउगोठमा मङ्गलवार बिहान अचेत अवस्थामा भेटिएकी थिइन्। स्थानीय एक किशोरीले मङ्गलवार बिहान अचेत अवस्थामा देखेपछि घट्नाको बारेमा प्रहरीलाई खबर गरेकी थिइन।
पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित पुगेको इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले किशोरीलाई उपचारका लागि जिल्ला अस्पताल अछाम पठाएको थियो। त्यही उनको स्वास्थ्य परीक्षण भएको थियो।
उपचारपछि उनी होसमा आएकी छिन्। उनैको वयानका आधारमा प्रहरीले स्थानीय १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ। ३÷४ जनाले आँखा र घाँटीमा कपडाले बाँधेर बलात्कार गरेको उनको भनाई छ।
घटनामा संलग्न अन्यको पनि खोजी भईरहेको अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले वताए। किशोरीको उद्धारपछि छाउगोठ भत्काइएको छ। ०६३ साल यता अछाममा मात्रै छाउगोठमा वसेका १४ जना महिलाको ज्यान गएको छ।