चलिरहेको टेबुल पंखा लडेर लाग्दा एक जनाको मृत्यु

काठमाण्डौं– कञ्चनपुरमा चलिरहेको टेबुल पंखा लडेर शरीरमा लाग्दा सोमबार एक जनाको मृत्यु भएको छ।

बेदकोट नगरपालिका–७, गाउजीका ६८ वर्षीय रत्नप्रकाश लामिछानेको मृत्यु भएको हो। उनी आगनमा टेबुल पंखा चलाएर बसेका थिए।

सोही क्रममा पंखा लडेर शरीरमा लागेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पु¥याएपछि चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट