कास्कीमा पहिरोले घर पुर्दा २ बालबालिकाको मृत्यु, २ महिला गम्भिर

काठमाण्डौ— कास्कीमा पहिरोले घर पुरिँदा बुधबार विहानै २ बालबालिकाको मृत्यु भएको छ भने २ महिला गम्भीर घाइते भएकी छन्।

बिहान सवा २ बजे ०२ बजे पहिरोले मादी गाँउपालिका–५ चितेपानी घुम्तीका प्रकाश रानाभाटको घर पुरिँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो।

घरमा ७० वर्षीया हजुरआमा लालमाया बञ्जारी र उनी मात्रै सुतेको अवस्थामा पहिरो खसेको थियो । लालमायालाई प्रहरीले उद्धार गरेको छ भने आयुषमाको मृत्यु भएको जनाईएको छ।

यसैगरी, पोखरा महानगरपालिका–२७ आरूपाटका हरि सुनारको घर पहिरोले पुरिँदा उनका छोरा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ। हरिकी श्रीमती २७ वर्षीय रितु सुनार गम्भीर घाइते भएकी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट