भुटानी शरणार्थी प्रकरणमा प्रतिक थापापछि बेचन झा पनि पक्राउ

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा पक्राउ पर्ने वित्तिै अर्का फरार अभियुक्त बेचन झा पनि पक्राउ परेका छन्।

झालाई नेपाल भारत सीमा क्षेत्रबाट शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनी वीर अस्पतालमा भर्ना गरिएका छन्। यसअघि प्रहरीले झाको ठेगाना नखुलेको भन्दै खुलेका बखत पुनः अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

एकजना पीडितले झालाई २ करोडको चेक दिएको खुलेको थियो। आफू पक्राउ परेपछि टोखा नगरपालिका–६ धापासीका रामशरण केसीले झालाई २ करोडको चेक दिएको बयान दिएका थिए।

झाले भुटानी शरणार्थी सम्बन्धी मन्त्रिपरिषदबाटै निर्णय गराउने भन्दै रकम असुल गरेको स्रोतको दाबी छ। झालाई पक्राउ गर्नुअघि शुक्रबार साँझ प्रतीक थापा पक्राउ परेका थिए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट