सप्तकोशी नदीमा वाढीले खतराको तह पार गर्यो, ५६ वटै ढोका खोलियो

राजविराज– सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै (५६ वटै) ढोका खोलिएको छ।

दुई दिनदेखिको अविरल वर्षाको कारण नदीमा वाढीको वहाब अत्याधिक भएपछि पुलको सुरक्षलाई मध्येनजर गरी सवै ढोका खोलिएको हो। आइतबार बिहान ९ बजेदेखि ब्यारेजका सबै ढोका खोलिएको सुरक्षा निकायले जनाएको छ।

आईतबार विहान कोशी नदीमा वाढीको वहाव ३ लाख ६८ हजार क्यूसेक छ। आइतबार बिहान ६ बजे पानीको बहाव ३ लाख ४२ हजार क्युसेक थियो।

वाढीको बहाव बढेस“गै सुरक्षा निकायले निरन्तर अनुगमन गरिरहेको छ। यसअघि २९ असार ०७६ मा ब्यारेजका सबै ढोका खोलिएको थियो। पानीको बहाव अहिले पनि निरन्तर बढिरहेकोले जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी सूचना केन्द्रले पनि सप्तकोशीमा पानीको बहाव बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सतर्क रहन सूचित गरेको छ।

सन १९५४ को भारत र नेपालबीचको कोशी सम्झौता अनुसार १९६२ सालमा ब्यारेज निर्माण गरिएको हो। निर्माणताका १२ लाख क्यूसेक पानीलाई नियन्त्रण गर्न सक्ने क्षमता भए पनि अहिले बालुवाले नदीको ‘बेस’ उकासेकाले क्षमतामा ह्रास आएको छ।

ब्यारेजको क्षमता ६ लाख क्युसेक प्रतिसेकेण्ड पानीको वहाव थेग्न सक्ने अनुमान छ। तर विश्वकै उच्च बालुवा बोक्ने नदीमा पर्ने कोशीमा अहिले १ लाख ५० हजार क्युसेक पानीको वहाव पुुगेपछि खतराको संकेत देखाइन्छ। पुलको दुवै तर्फ रातो झण्डा र रातो वत्ति वालेर खतराको संकेत गर्ने गरिएको छ।

२ भदौ ०६५ मा कोशीको तटवन्ध भत्किँदा ब्यारेजमा पानीको वहाव १ लाख ६८ हजार क्युसेक मात्र थियो। तर, बाँध भत्किएको दुई वर्षपछि पानीको वहाव ३ लाख ३६ हजार क्युसेकसम्म मापन गरिएको थियो। आज पनि पानीको वहाव ३ लाख ६२ हजार क्यूसेक मापन गरिएको छ। त्यसवेला ब्यारेजका ढोका पर्याप्त नखोलिँदा कोशी ब्यारेजको बाँध भत्किएको अनुमान छ।

वाढिले पुर्वी तटबन्ध भत्काउँदा सुनसरी हरिपुर, श्रीपुर, पश्चिमकुशाहा र लौकही गाबिस डुब्दा ३० हजार बढी घर परिवार विस्थापित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट