बसको ठक्करबाट घाईते आमाछोराको मृत्यु

काठमाण्डौं– रुपन्देहीको जानकीनगरमा बाटो काट्ने क्रममा बसको ठक्करबाट घाइते भएका आमाछोराको उपचारको क्रममा मृत्यु भएको छ।

गुल्मीदरबार गाउँपालिका–६ निवासी ३० वर्षीय रुपमा खत्री र उनका ३ वर्षीय छोरा प्रिन्स खत्रीको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरु तिलोत्तमा नगरपालिका–२, शंकरनगरमा बस्दै आएका थिए।

गत २१ असारमा बाटो काट्ने क्रममा असार उनीहरुलाई लु २ ख ६८८८ नम्बरको बसले ठक्कर दिएको थियो। गम्भिर घाईते अवस्थामा उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो। आमाको मणीग्रामस्थि क्रिमशन अस्पताल र छोराको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट