नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएकी मुख्यमन्त्रीकी श्रीमती भ्रष्टाचारी ठहर, ६ महिना कैद

काठमाण्डौं– नक्कली शैक्षिक प्रमाणपत्र बनाएर सरकारी जागिर खाएकी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीलाई विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै कैद गर्ने निर्णय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय रामबहादुर थापा र रितेन्द्र थापाको विहिवारको इजलासले गीता विरुद्धको अभियोग पुष्टि हुने ठहर गर्दै ६ महिना कैद गर्ने फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोपसहित ६ असोज ०७९ मा गीताविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अदालतले गीतालाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो।
कैलालीको धनगढी उपमहानगरपालिका–९ स्थित शिव निम्न माध्यमिक विद्यालयमा राहत शिक्षिकाका रुपमा काम गरेकी गीताले भारतबाट १० कक्षा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी एजुकेसन, दिल्लीबाट १० कक्षा अध्ययन गरेको भनी उनले पेस गरेको प्रमाणपत्र नक्कली देखिएको हो।
One thought on “नक्कली प्रमाणपत्र बुझाएर जागिर खाएकी मुख्यमन्त्रीकी श्रीमती भ्रष्टाचारी ठहर, ६ महिना कैद”
Leave a Reply
लोकप्रिय
ताजा अपडेट

जेन–जीको आडमा अख्तियार प्रमुखहरुलाई राजिनामा दिन दबाब दिने समूहको नेतृत्व सुमना श्रेष्ठले गरेको खुलासा

Mantriko budhi bhayera sajay Ali Kam bhayechh ho