त्रिवेणीमा भेटिएका २ वटा शवको सनाखत, हालसम्म ७ जनाको पहिचान खुल्यो

चितवन– नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा आइतबार भेटिएका दुईवटा शवको सनाखत भएको छ। विनय त्रिवेणीमा फेला परेका मध्ये एउटा शव भरतपुर–२२ पदमपोखरी बस्ने २२ वर्षीय सुदिप विक र अर्को शव रौतहटको जमुनामाई–४ का १७ वर्षीय रहुपा मियाको हो।

विक एन्जल्स डिलक्स चढेर वीरगञ्जबाट काठमाडौं जाँदै थिए भने मिया गणपति डिलक्स चढेर काठमाडौंबाट गौर जाँदै थिए। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालका विभिन्न ठाउँमा भेटिएका अन्य चारवटा शवको सनाखत हुन बाँकी छ।

आइतबारसम्ममा गणपति डिलक्समा चढेका ३ र एन्जल्स डिलक्समा चढेका २ जनाको पहिचान भएको थियो। अव सनाखत भएका शवको संख्या ७ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट