केरलमा पहिरो जाँदा ३६ जनाको मृत्यु, १ वर्षीय नेपाली बालकको पनि ज्यान गयो

काठमाण्डौं– भारतको केरल स्थित वायानड जिल्लामा पहिरो जाँदा ३६ जनाको मृत्यु भएको छ। पहिरोमा एक जना नेपालीको पनि मृत्यु भएको जनाईएको छ।

टाइम्स अफ इन्डियाका अनुसार पहिरोमा परी थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको छ।

घट्नाको पूर्ण जानकारी आईसकेको छैन। केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केन्द्र तथा प्रदेश सरकारले खोजी तथा उद्धारको काम गरिरहेका छन्। केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ।

पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट