इटहरी चौकमा ट्रकले साईकललाई ठक्कर दिँदा भोजपुरका श्रेष्ठको मृत्यु
इटहरी– सुनसरीको इटहरी चोकमा शुक्रबार ट्रकले साईकललाई ठक्कर दिँदा भोजपुरका एक ब्यक्तिको मृत्यु भएको छ।
प्रदेश १–०२–००१ ख ९२९४ नम्बरको ट्रकको ठक्करबाट भोजपुरको षडानन्द नगरपालिका–१४ का ४२ वर्षीय रामचन्द्र श्रेष्ठको मृत्यु भएको हो।
पश्चिमतिर जाँदै गरेको साइकललाई सोही दिशामा जाँदै गरेको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। ट्रकको ठक्करबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।
प्रहरीले सीसीटीभी फुटेज मगाएर घटनाको वास्तविकता पत्ता लगाईरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
