टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

काठमाण्डौं– दाङको घोराहीमा शनिबार राती टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० दक्षिण अमराइमा भएको दुर्घटनामा घोराही–९, मछाहीका ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको हो।

घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेतको मृत्यु भएको हो।

ठक्करबाट घाइते बस्नेतको उपचारका क्रममा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *