कार चालक निदाएर बससँग ठोक्किँदा ७ जनाको मृत्यु

काठमाण्डौं– भारतको उत्तर प्रदेशको इटावामा कार चालक निदाएपछि यात्रुबस ठोक्किँदा ७ जनाको मृत्यु भएको छ।
रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस र आगराबाट लखनउ जाँदै गरेको कार गएराति पौने १ बजे इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएका थिए। कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो।
दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने इटावाका एसएसपी कुमार बर्माले वताए। कारसँग ठोक्किएपछि बस अनियन्त्रित हुँदै सडकबाट तल खाल्डोमा खसेको थियो।
दुर्घटनामा कारमा सवार ३ र बसमा सवार ४ जनाको मृत्य भएको छ। बसमा ६० जना सवार रहेको र त्यसमध्ये २५ जना घाइते भएको बिबिसीले जनाएको छ। घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
प्रतिक्रिया