सुन्दरीजल घुम्न गएका युवाको घट्टेखोलामा शव भेटियो

काठमाडौं– काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल (घट्टेखोला) मा युवकको शव फेला परेको छ।
काठमाडौँ महानगरपालिका–३२ काँडाघारी (पेप्सीकोला) का २८ वर्षीय बिबेक पौडेले शव शुक्रबार बिहान फेला परेको हो।
प्रहरीका अनुसार सुन्दरीजल घुम्न गएका बेला बिहीबार साँझ उनी घट्टेखोलामा खसेर बेपत्ता भएका थिए। प्रहरी वृत्त बौद्व लगायत विभिन्न युनिटबाट खटिएको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला परेको हो।
घट्नाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
प्रतिक्रिया