प्रेम प्रश्ताव अस्विकार गरेको रिसमा रेलको अगाडि हुत्याएर किशोरीको हत्या, युवक पक्राउ

काठमाण्डौं– भारतको राजस्थानमा एक युवकले प्रेम प्रस्ताव अस्विकार गर्ने नाबालिक किशोरीलाई रेलको अगाडि हुत्याएर हत्या गरेका छन्। यो हृदयविदारक घटना उदयपुरको कुन्दिवडा देबारी हो।
प्रहरीका अनुसार नाबालिग किशोरी कम्प्युटर कक्षा लिन घरबाट निस्किएकी थिइन्। तर, घर नफर्किएपछि परिवारका सदस्यले प्रहरी चौकीमा उजुरी दिएका थिए। धेरै अनुसन्धानपछि प्रहरीले झरोंकी सराई देवरी रेलवे ट्रयाकमा किशोरीको शव फेला पारेको थियो।
प्रहरीको अनुसन्धान अनुसार शुरवीर सिंह नाम गरेका ती युवकले किशोरीलाई रेल ट्रयाकमा बोलाएका थिए। किशोरी आएपछि उनले प्रेम प्रस्ताव राखे, तर किशोरीले अस्विकार गरिन्। त्यसपछि आक्रोशित भएका युवकले किशोरीलाई गुडिरहेको रेलको अगाडि धकेलेका थिए। जसमा परी किशोरीको मृत्यु भयो।
भारतीय सञ्चारमाध्यमका अनुसार यो घटना प्रताप नगर थाना क्षेत्रको देबारीमा रहेको झारोंकी सराईको रेलवे ट्रयाकमा भएको हो। प्रहरीले घटनामा संलग्न युवकलाई पक्राउ गरेको छ। प्रतापनगर प्रहरी थाना इलाका अधिकारी भरत योगीले किशोरीलाई रेलको अगाडि धकेलेर हत्या गरेको आरोपमा युवकलाई पक्राउ गरिएको हो।