सुनसरीको थलाहाका ज्ञानचनको हत्या आरोपमा शंकास्पद ३ जना पक्राउ

इटहरी– सुनसरीको गढी गाउँपालिका–६ का ४६ वर्षीय ज्ञानचन्द्र ऋषिदेवको हत्या आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

सिमेन्ट र बालुवाको रिङ बनाउने काम गर्दै आएका ज्ञानचन आज विहान गढी गाउँपालिका–२ थलाहामा मृत अवस्थामा फेला परेका थिए। उनको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ। उनको शव टाउको अलग भएको अवस्थामा फेला परेको थियो।

हत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नवीनकृष्ण भण्डारीले जानकारी दिए।

पक्राउ पर्ने तीनै जना ज्ञानचनसँगै काम गर्ने ब्यक्ति हुन। हत्याको कारण खुलेको छैन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट