बालेन्द्र र सुनिता डंगोलको ‘डिपफेक’ भीडीओ बनाउने मेडिकल ब्यवसायी भएको खुलासा

काठमाण्डौं– केही दिनअघि काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलको ‘डिपफेक’ भीडीओ सामाजिक सञ्जालमा भाईरल भयो। चरित्र हत्या गर्ने र मानसम्मानमा आघात पुर्याउने गरी तयार गरिएको उक्त भीडियोले साह र डंगोललाई मात्र असर गरेन धेरै मानिसलाई तरंगित बनायो।

नेपाली समाजमा परीवाारमा वसेर हेर्नै नसक्ने उक्त भीडिओ सार्वजनिक भएपछि उपमेयर डंगोलले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्र लेखेरै आफ्नो नाम जोडेर खोलिएका अनाधिकृत सामाजिक सञ्जाल (फेसबूक पेज) हटाई त्यस्ता प्रयोगकर्तालाई आवश्यक कारबाही गर्न आग्रह गरिन।

एआई प्रविधिबाट तस्वीर र भिडियो एनिमेसन गरेर सामाजिक सञ्जालमा पोस्ट गरी आफ्नो चरित्रहत्या भइरहेको जनाएर उनले सीआईबीलाई पत्र लेखेपछि प्रहरीले त्यसमा संलग्न ब्यक्तिको खोजी सुरु गरेको थियो। सोही क्रममा गत आईतबार बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ घर भएका २२ वर्षीय रमेशबहादुर रावतलाई प्रहरीले पक्राउ गरेको छ।

सिन्धुपाल्चोकमा मेडिकल पसल सञ्चालन गरी बसेका रावतले नै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग गरी मेयर साह र उपमेयर डंगोलको एआई भिडियो बनाएको पाईएको छ। प्रहरीले रावतबाट मोबाइल बरामद गरेको छ। मोबाइल मार्फत राष्ट्रपतिदेखि, प्रधानमन्त्री र सभामुख, मेयर–उपमेयरसम्मको फोटो तथा भिडियो दुरुपयोग गरेर सामाजिक सञ्जालमा उनले नै अपलोड गर्ने गरेको प्रहरीले जनाएको छ।

फार्मेसी पढेका रावतले मोबाइलमा एआई प्रयोग गरेर बनाएका अन्य फोटोहरू पनि भेटिएका छन्। रावतले विगत डेढ महिनादेखि मात्रै उच्चपदस्थको मानसम्मान आघात पु-याउनेगरी एआईमार्फत फोटो र भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्न थालेको ब्यूरोले जनाएको छ।

ब्यूरोका एक अनुसन्धान अधिकृतका अनुसार रावतले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत दलका नेता र नगरपालिकाका मेयर–उपमेयरलाई लक्षित गरेर एआई प्रयोग गरी फोटो तथा भिडियो बनाएका थिए।

ब्यूरोले रावतको मोबाइल र ल्यापटपको डेटा रिकभरीका लागि फरेन्सिक ल्याबमा पठाएको जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट